‘अन्तरे’ मा मुकुन

काठमाडौं । चलचित्र ‘बुलबुल’ का मुख्य कलाकार ‘चोपेन्द्र भूसाल’ नामबाट चिनिएका अभिनेता मुकुन भूसाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘अन्तरे’ मा उनी शीर्ष भूमिकाका लागि अनुबन्धित भएका छन् । चलचित्र सामाजिक कथावस्तुमा निर्माण भएको बताउँदै अभिनेता भूसालले समय, टिम र स्क्रिप्ट मनपरेका काम गर्न आफू राजी भएको बताए ।

उनले ‘बुलबुल’ मा आफूले पाएको दर्शकको मायालाई ‘अन्तरे’ मा पनि निरन्तरता दिने जिकिर गरे । रेड आइज फिल्मस्को ब्यानरमा बन्ने ‘अन्तरे’ मा राज पण्डित र सुवास राईको लगानी रहने जनाइएको छ । चलचित्र फागुन पहिलो साताबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया