सोमालियामा सैनिक कारबाहीमा पाँच लडाकू मारिए

एजेन्सी । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।

सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको बताए । सेनाले भिडन्तका क्रममा केही हातहतियारका साथै उनीहरुले संकलन गरेका ठूलो संख्याका गाईबस्तु कब्जामा लिएको पनि प्रवक्ता अब्दुल्लाहीले जानकारी दिए ।

सोमालियाको दक्षिण र मध्य क्षेत्रमा केन्द्रित भएका अल–सबाबका लडाकूसँग सेनाको नियमितझैं भिडन्त हुने गरेको छ । सन् २०११ मा राजधानी मोगादिसुलाई कब्जा गरेका अल–सबाबका लडाकूलाई अफ्रिकी युनियन आबद्ध सेना समेतको सहयोगमा राजधानीबाट लखेटिएको थियो ।

प्रतिक्रिया