सानिमा कर्जा म्यादि बीमा योजना

काठमाडौं । सानिमा लाईफ ईन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा योजना’ सार्वजनिक गरेको छ । लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।

सो बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाइ तिरिदिइ परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ ।

प्रतिक्रिया