सरकारको निर्णय नमान्ने मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दा

काडमाडौँ । सरकारको निर्णय नमान्ने मेडिकल कलेज सञ्चालकलाई नेपाल सरकारले ठगीको मुद्दा लगााउने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई ठगीको मुद्दा अनुरुप कारबाही गर्ने जानकारी दिए ।

मन्त्री पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिँदै सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको बताए ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको उनको भनाइ छ । मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन पनि अनुरोध गरे ।

प्रतिक्रिया