‘दरबार’ मा रजनीकान्त

मुम्बई । भारतीय सुपरस्टार अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘दरबार’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त पोस्टरमा अभिनेता रजनीकान्तलाई एक्सनरूपमा प्रस्तुत गरिएको छ । उनलाई चलचित्रमा एक प्रहरीको भूमिकामा देखाइएको छ ।

भारतीय चलचित्र नगरीमा निकै चर्चित अभिनेता रजनीकान्त २७ वर्षपछि प्रहरीको भूमिकामा देखिन लागेका हुन् । चलचित्र बलिउड चलचित्र ‘गजनी’ का निर्देशक एआर मुर्गादोशले निर्देशन गरेको ‘दरबार’ को मोसन पोस्टर हिन्दी, तेलेगु, तमिल तथा मल्यालम गरी एकसाथ चारभाषामा सार्वजनिक गरिएको छ ।

यी पोस्टरलाई बलिउड अभिनेता सलमान खान, महेश बाबु तथा मोहन लालले क्रमशः सेयर गर्दै सार्वजनिक गरेका हुन् । यस चलचित्रमा अभिनेत्री नयनतारा रजनीकान्तको जोडीको रूपमा प्रस्तुत भएकी छन् । उनीहरूका साथमा चलचित्रमा अभिनेता सुनील सेट्टी तथा प्रतीक बब्बरको समेत प्रमुख भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया