‘आँशु बेच्ने सहर’ मा सारिका र ओम

काठमाडौं । गायिका धना परियार र गायक डिजे प्रज्ज्वलको आवाज रहेको लोकदोहोरी गीत ‘आँशु बेच्ने सहर’ सार्वजनिक भएको छ । प्रेमिप्रेमिकाबीचको मायाप्रेमको विषयलाई समेटेर तयार गरिएको उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा डिजे प्रज्ज्वलको शब्द तथा संगीत रहेको छ । बबिता श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोको छायांकन प्रकाश खड्काको रहेको छ । राजेश कुमारले सम्पादन गरेको भिडियोमा अभिनेत्री सारिका केसी र ओम छिनालको अभिनय छ ।

प्रतिक्रिया