बिमल र बिष्णुको स्वरमा ‘आकाशैको जुन तारालाई’

काठमाडौं । लोकप्रिय गायक बिमल डाँगी र लोकप्रिय गायिका बिष्णु माझिको आवाजमा ‘आकासैको जुन तारा लाइ’ बोलको गीत सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सो गीत सार्वजनिक गरिएको हो । गीत अमर भण्डारी र अञ्जना गोसाइको प्रस्तुतीमा रहेको छ ।

पानसमा बत्ति बालेको लगायत सयौ लोकप्रिय गीतका गायक डाँगी विवशताले परदेशीए पनि उनको संगीत प्रतिको मोह र श्रोता दर्सकहरुको उनीप्रतिको माया नमरेको उनको निरन्तर रहेको संगीत क्षेत्र प्रतिको लगावले देखाउँछ । हाल उनि अमेरिका बस्दै आएका छन् तर नेपालि गीत संगीत र मायाँ पनि उनको मन मुटुमा बस्दै आइरहेको देखिन्छ ।

गीतकार अमर भण्डारीले शब्द रचना गरेका हुन भने, गायक बिमल डाँगीले संगीत  दिएका छन । लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागीले संगीत संयोजन गरेको गीत प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस्तै गीतको भिडियोलाई पनि उत्तिकै मिहेनेत साथ् बनाइएको छ । नेपालि म्युजिक भिडियोका स्थापित एबम लोकप्रिय निर्देशक कुमार केसिको निर्देशनमा बनेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन, भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन ।

भिडियोमा अभिनय चलचित्र क्षेत्रका स्थापित एबम लोकप्रिय नायक धिरेन साक्य र रक्षा श्रेष्ठको रहेको छ । आफुले यस गीतको निर्देशन गर्दा मिहेनेतको कुनै कसुर बाकि नराखेको निर्देशक कुमार केसीले बताए । यस्तै गयाक डाँगीले पनि गीत चल्नेमा आफु आशाबादि रहेको र नेपालि दर्शक श्रोताहरुको माया सधै आफ्नो मनमुटुमा रहिरहने बताए ।

प्रतिक्रिया