‘प्रेमगीत ३’ को मोसन टिजर

काठमाडौं । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । उक्त पोस्टरमा अभिनेता प्रदीप खड्कालाई योद्धाको रूपमा प्रस्तुत गरिएको छ । २२ कातिकदेखि छायांकनमा जान लागेको यस चलचित्रको निर्देशक गुरुङ र मन्दिप गौतमको लेखन रहेको छ । चलचित्रमा अभिनेता प्रदीपको अपोजिटमा क्रिष्टिना गुरुङले डेब्यु गर्दैछन् ।

त्यसैगरी चलचित्रमा पुराना अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, पुस्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, जीवन बराल, योगिशा खत्री, सुजल बस्नेत, समृद्धि शाही ठकुरी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । यो चलचित्र आसुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा २८ चैतमा प्रदर्शन मिति तय गरिएको छ ।

प्रतिक्रिया