वचत गर्दै सहयोग गर्दै

मुगु । काठमाडौं नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका शिवप्रसाद पन्तलगायतको टोलीले फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् ।

वैदेशिक रोजगारमा काम गर्दै आएका पन्त लगायतको सात जनाको टोलीले फजुल खर्च नगरीे त्यो पैसा वचत गरी शनिबार छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती गाउँमै पुगी ३४ जना विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई ट्यांकी, फिल्टरलगायत २८ घरघुरीका स्थानीयलाई कम्मल वितरण गरी सहयोग प्रदान गरेका हुुन् ।

कामको सिलसिलामा मकाउ बस्दै आएका शिवप्रसाद पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था सञ्चारमाध्यमा आएअनुसार त्यसैअनुसार आपूmलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा लापु गाउँको दलित बस्तीमा २ लाख ५० हजार बराबरको साम्रगी सहयोग गरेका बताए । उनका अनुसार आफ्नो प्रमुख नेतृत्वमा र लन्डन बस्दै आएका भरत पाण्डे, मकाउ बस्दै आएका विष्णुप्रसाद श्रेष्ठ, जंगबहादुर गुरुङ, रंगबहादुर गुरुङ र दीपक रानाभाट, अमेरिका बस्दै आएकी प्रियंका लामिछानेले सहयोग गरेका थिए ।

स्व. हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशीर्वादले विकट दलित बस्तीमा सहयोग गर्न पाउँदा खुसी छु । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको बताए । अझै लापु बस्तीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत पन्तले गरे ।

यसैबीच आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन सुरु भएको छ । लत्ताकपडा किन्ने पैसा थिएन मनकारी भावना बोकेका शिवप्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए ।

प्रतिक्रिया