तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिता तथा तालिममा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई बिदाइ गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे । पहिले पुम्से टोली इन्डोनेसियाको जकार्तामा अक्टोबर २६ र २७ तारिखमा हुने हान्मादाङ पुम्से च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

उक्त प्रतियोगितामा अस्मिन राउत, स्वस्तिका तामाङ, निशा दर्नाल, सन्जिता तिमल्सिना, कृष्णबहादुर तामाङ, सुशिला राई, आयशा शाक्या, प्रशंसा क्षेत्री, सिना लिम्बू माडेन, पार्वती गुरुङ, निता गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोटे, प्रेमबहादुर लिम्बू, शिशिर श्रेष्ठ, सञ्जिवकुमार ओझा, रेजिन रिमाल र दीपेन्द्र गुरुङमा भाग लिने छन् ।

इन्डोनेसियामा सो टोलीले नोभेम्बर १ तारिखसम्म इन्डोनेसियाको राष्ट्रिय टिमसँग प्रशिक्षण गर्ने छ । पुम्से टोली त्यहाँबाट तालिमका लागि मलेसिया जाने कार्यक्रम छ । तालिम नोभेम्बर २ देखि २१ तारिखसम्म हुने छ । नोभेम्बर २२ तारिखमा टोली नेपाल फर्कने छ ।  पुम्से प्रशिक्षकमा नोर्बु लामा तथा हीराबहादुर थापा छन् । पुम्सेसहितको ग्योरोगी टोलीले नोभेम्बर ७ देखि ९ तारिखसम्म चीनको सिहानमा हुने रोड एन्ड बेल्ट चाइना ओपन तेक्वान्दो च्याम्पियनसिपमा खेल्ने छ । प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया