सनफ्लावर तेल खरिदमा हिराको हार उपहार

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ ।

यो अफरको नारा ‘सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नु पर्ने कम्पनीले जनाएको छ ।

हरेक १५ दिनमा लक्की ड्र अन्तरगत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् ।

एकजना भाग्यशाली बिजेताले बम्पर लक्की ड्र अन्तरगत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन । त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया