आर्चरी महासंघको अध्यक्षमा गुरुङ चयन

काठमाडौँ । नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ दक्षिण एशियाली आर्चरी महासंघ (साफ) को अध्यक्षमा चयन भएका छन् । बङ्गलादेशमा बसेको साफको बोर्ड बैठकले गुरुङलाई चार वर्षका लागि अध्यक्ष पदमा चयन गरेको साफद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साफको संस्थापक सदस्यसमेत रहेका गुरुङ यसअघि साफको वरिष्ठ उपाध्यक्ष पदमा थिए ।

साफका महासचिव एवं विश्व आर्चरी एशियाका प्रथम उपाध्यक्ष तथा बङ्गलादेश ओलम्पिक कमिटीका कोषाध्यक्ष काजी राजीव उद्दिन एहमेद चपोलले अध्यक्षमा चयन भएका गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया