छोटा कपडा, नाइट पार्टी र रक्सी नकार्दा तीन तलाक

एजेन्सी । भारतस्थित विहार राज्यको राजधानी पटनाकी एक महिलालाई उनका श्रीमानले रक्सी नखाएको र छोटा कपडा नलगाएको भन्दै उनलाई तीन तलाक दिएको खबर सार्वजनिक भएको छ । श्रीमानले आफूलाई आधुनिक बन्न दबाब तथा फरक–फरक कपडा लगाउन दबाब दिँदै आएको उनले बताइन् । भारतीय न्युज एजेन्सी एनएनआईसँगको कुराकानीका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘सन् २०१५ मा इमरान मुस्ताफसँग मेरो विवाह भएको थियो । विवाहको केही दिनपश्चात हामी दिल्ली गयौं,’ उनले एनएनआईसँगको कुराकानीमा भनेकी छिन्, ‘केही महिनापछि पतिले मलाई पनि शहरका अरु महिला जस्तै आधुनिक बन्न दबाब दिइरहन्थे । उनी चाहान्थे कि म छोटा कपडा लगाउँ, नाइट पार्टीमा जाउँ, रक्सी खाउँ । यसलाई मैले इन्कार गरिदिएँ । जसका कारण उनी मलाई पिट्ने गर्दथे ।’

पीडित महिलाले राज्य महिला आयोगमा उजुरी दर्ता गराएको बताएकी छिन् । महिला आयोगले उनका पतिलाई नोटिस पनि पठाइसकिएको जनाएको छ । आयोगकी अध्यक्ष दलमणि मिश्राले भनिन्, ‘सेप्टेम्बर एकमा पतिले तीन तलाक दिए, हामीले यस प्रकरणमा आरोपीलाई नोटिस पठाइसकेका छौं ।’ भारतमा अहिले तीन तलाकलाई अपराध मानिन्छ ।

प्रतिक्रिया