नवलपरासीको डण्डामा सवारी दुर्घटना, एकको मृत्यु, ३ घाइते

कावासोती । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको कावासोती–१६ डण्डामा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु छ भने तीन जना घाइते भएका छन् । मृत्युु हुनेमा नवलपरासीको साविक जमुनिया गाउँपालीका– ४ बस्ने बोलेरो चालक २५ बर्षीय बलिराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

काठमाडौँबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नम्बरको यात्रुबाहक बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो जीप एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । मृतकको बोलेरो भित्रै च्यापिएकोले निकाल्न कठिन भएको थियो ।

गयराती साढे दश बजे दुर्घटना भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले बताए । घाइते हुनेमा बेलेरो जीपमा रहेका एक जना, बसचालक र एक जना महिला यात्रु रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचार पछि घर फर्किएको श्रेष्ठले बताए ।

प्रतिक्रिया