चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण २५ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने भएका छन । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गरर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुना सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्ने छन । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल भ्रमणको क्रममा चिनियां राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियां राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

 

 

 

प्रतिक्रिया