युएईमा बस दुर्घटना : छ नेपालीको मृत्यु

युएई । युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका श्रम काउन्सीलर भेषबहादुर कार्कीका अनुसार, मृत्यु हुने नेपालीहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन । मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँद रहेको काउन्सीलर कार्कीले जानकारी दिए ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् । दुबई प्रहरीका अनुसार, घाइतेमध्ये पाँच भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

प्रतिक्रिया