महँगी र अनियमितता रोक्न बजार अनुगमन

दैलेख । जिल्लाको नारायण नगरपालिका भगवतीमाई गाउँपालिका, जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय दैलेखले महँगी र अनियमितता रोक्न बजार अनुगमन गर्ने थालेको छ ।

चाडवाड नजिकिँदै गर्दा महँगी र अनियमितता धेरै भएको भन्दै दैलेख सदरमुकामलगायत सबै ठाउँका पसलमा अनुगमन गर्ने लागेको हो । बिहीबार एकीकृत रूपमा बजार अनुगमन गरेको टोलीले शुक्रबार भगवतीमाई गाउँपालिकाको बेस्तडा बजार क्षेत्रमा पनि अनुगमन गरेको छ । बिहीबार सदरमुकामका दुई दर्जन खाध्यान्न, होटल, मासु पसल, अनुगमन गरिएको अनुगमन टोलीले शुक्रबार बेस्तडा बजारमा भएका खाद्यान्न र होटेल, मासु पसल र औषधि पसलमा अनुगमन गरेको जिल्ल प्रशासन कार्यलयले जानकारी दिएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य बस्तु, घरेलु रक्सी फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । मापदण्ड पूरा नपुगेका पसलहरूमा सुधार्न सुझाव दिइएको उनले बताएका छन् । उपभोक्ता ठग्ने, कम गुणस्तर भएको सामान बेच्ने अखाद्य बस्तु बेच्नेजस्ता गतिविधि हुन नदिन बजार अनुगमन थालिएको बताउँदै उनले यस्ता गतिविधि भएको पाइए कारबाही गरिने बताए । खाद्यान्न पसलबाट केही अखाद्य बस्तु अनुगमन टोलीले नष्ट गरेको छ । म्याद सकिएका, म्याद नै उल्लेख नभएका खाद्यवस्तु नष्ट गरिएको छ ।

दैलेखका सबै स्थानीय तहका बजारमा केही दिनभित्रै बजार अनुगमनमा निरन्तरता दिने र बजार अनुगमन गर्ने क्रममा फेला परेको घरेलु मदिरा उत्पादनको कच्चा पदार्थ, औषधि र घरेलु मदिरा नष्ट गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । ‘प्रहरीले स्थानीय सरकार र प्रशासनको सहयोग लिएर घरेलु मदिरा नियन्त्रण गर्न विशेष अभियान चलाएका छ ।

प्रतिक्रिया