दुई बाख्रा प्रहरी हिरासतमा

एजेन्सी । पत्ताउन नसकिने जस्तो लाग्छ । यो सत्य घटना हो । भारतको तेलंगना राज्यमा दुई बाख्रालई प्रहरी हिरासतमा लिएको छ । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो ।

रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए । उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो। प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो । बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ ।

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका हुन् । भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउन्न तर मान्छेलाई अफठ्यारो परेमा प्रहरीले जनाउर मालिकलाई सम्झाउन सक्छ । बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको छ । राम्रो काम गरिरहेकाहरुलाई सहयोग गर्नु प्रहरीको कर्तव्य पनि हो ।

प्रतिक्रिया