सिटी एक्सप्रेसको उपहार योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ । लगातार ९० दिन सम्म चल्ने सो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २ सयको मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने १ जनालाई १ लाख उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

प्रतिक्रिया