प्रतिनिधिसभामा बाँके घटना फेरि उल्झीयो, कांग्रेसद्धारा बेल घेराउ

काठमाडौँ । प्रसोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदबीच बाँकेको घटनालाई लिएर चर्काचर्की परेको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखेपछि नेकपाका सांसद नन्द रोकायले नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको बताएपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाए ।

नेकपाका सांसद रोकायले कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र कांग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी समेत गरेका थिए ।

प्रतिक्रिया