खोजखबर

घरकाे सुत्ने कोठामा अजिङ्गर भेटियो

सौर्य अनलाइन २०७६ भदौ ३० गते १२:१६ मा प्रकाशित

यादवको सुत्ने कोठामा भेटिएको अजिङ्गरलाई बोरामा हाल्दै स्थानीयवासी ।

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५–२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको

छ ।

प्रतिक्रिया