सम्झनाको ‘बैना रुमाल’ रामजीलाई

काठमाडौँ । चर्चित लोकदोहोरी गायिका सम्झना लामिछाने मगरको नया ‘बैना रुमाल’ गीतको भिडियो बजारमा आएको छ । बैकुण्ठ महतको शब्द लेखन तथा खेम सेन्चुरीको संगीत रहेको छ । गीतमा अर्का चर्चित गायक रामजी खाँण र गायिका लामिछानेकै संयुक्त आवाज रहेको छ ।

कृष्ण बिकले एरेन्ज गरेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतको भिडियो गायिका सम्झानाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक गायिका द्वय सम्झना र रामजीले नै अभिनय गरेका छन् ।

निर्देशक प्रकाश भट्टद्वारा निर्देशित भिडियो राजेश घिमिरेले क्यामेरामा कैद गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । माया प्रेमका बिषयलाई मौलिक परिवेशमा समावेश गरेर गीत बजारमा ल्याएको गायिका सम्झना लामिछानेले जिकिर गरिन् ।

प्रतिक्रिया