डेंगुसहित जुनोटिक रोगबारे अन्तर्क्रिया

काभ्रे । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले जिल्लामा रहेका सबै स्थानीय तहका प्राविधिक र अगुवा किसानजसँग डेंगुसहित जुनोटिक रोगबारे अन्तर्क्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय काभ्रे जिल्लामा पनि डेंगुबारे मानिसहरू त्रसित बन्न थालेपछि अस्पतालले जुनोटिक रोगबारे आफ्नो स्वीकृत कार्यक्रमअनुसार गोष्ठीको आयोजना गरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा.नरेन्द्रकुमार झा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा.मोगलप्रसाद शाहको प्रस्तुति रहेको गोष्ठीमा जुनोटिक रोगबारे जिल्लामा विगतमा भएका गतिविधि र हाल भइरहेको गतिविधि र सावधानीका सवालमा कार्यरत पशु सेवा प्राविधिकसँग अन्तक्र्रिया गरेका थिए ।

हाल भइरहेको डेंगु भाइरलबारे डा. झाले भय र त्रासमा नरहन सुझाएको छन् । २००४ मा पहिलोपल्ट नेपालमा विदेशीमा देखिएको डेंगुको सर्वत्र फैलिन थालेको छ । उनले भने, ‘लामखुट्टेले टोक्दैमा डेंगु भइहाल्दैन । जब पोथी लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि अरूलाई टोक्न पुग्छ भने त्यसमा पोजेटिभ देखिन सक्छ । तर, त्यतिवेला पनि चार प्रकारको डेंगुमा उसको शारीरिक क्षमता (इम्युनिटी पावर) ले त्यससँग लड्न र जित्न सक्छ ।’

कमजोर भएका व्यक्ति, महिला, वृद्ध, सुत्केरीलगायत जुनसुकै उमेर समूहका व्यक्तिलाई यसले जुनैवेला पनि सताउन भने सक्छ । त्यसका लागि सर्वप्रथम सचेतना र सरसफाइको विषयमा ध्यान पु¥याउन पर्छ । लामखुट्टेको पूmल, लार्भा र प्युपालाई नष्ट गर्न सके मात्रै पनि यसबाट मुक्त पाउन सकिन्छ ।

कार्यक्रममा जनस्वाथ्य कार्यालयका पशुराम श्रेष्ठले रेबिजबारे जिल्लामा तीन ठाउँमा निःशुल्क भ्याक्सिन उपलब्ध रहेको बताए । उनले मेथिनकोट, पाँचखाल र धुलिखेलको कार्यलयमा रेबिजबारे आइडी (छाला र मासुको बीचमा लाइने) भ्याक्सिनको सेवा रहेको बताए । अहिले रेबिजको भ्याक्सिनको मात्रा शून्य, तीन र सात रहेको उनले बताए ।

कार्यक्रममा पशुबाट मानिसमा लाग्ने जुनोटिक रोगहरूबारे प्रस्तुति दिँदै डा. शाहले भने विश्वको रकर्ड हेर्ने हो भने तीन सय प्रकारका सरुवा रोग छन् । तर, नेपालमा ६९ प्रकारका मात्रै जनावरबाट मानिसमा र मानिसबाट जनावरमा लाग्ने गरेको पाइन्छ । सरुवा रोगको वर्गीकरण विभिन्न तरिकाबाट गर्न सकिने भन्दै उनले भने जिवाणु, वंषाणु, सिधा सम्पर्कका आधारमा, विभिन्न लसपसको आधारमा र हावाको कारणबाट समेत त्यस्ता मुख्य खाले सरुवा रोगले आक्रमण गर्न सक्ने बताए ।

वर्ड फ्लु, बुसेलोसिस, रेबिजलगायत मुख्य सरुवा रोगको सवालमा भने सरसफाइ र सावधानी अत्यत्न्त महत्वपूर्ण रहेको बताए । उनले काभ्रेको १३ वटै स्थानीय तहमा त्यसको लागि पूर्व तयारी रहन आवश्यक पर्ने साधन भ्याक्सिन र सचेतनाको कार्यक्रम गर्न आफूहरूले पहल गरेको बताए ।

कार्यक्रममा भेटेरिनरी अस्पतालका पशु विकास अधिकृत राजकुमार हुमागार्इंले पनि स्थानीय सरकार जनप्रतिनिधिलगायत सम्बन्धित सरोकारवालाहरूले यसतर्फ बेलैमा चासो व्यक्त गर्दै सहयोग गरी काम गर्नुपर्ने तर्क गरेका छन् । जिल्लाको पनौती नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका लगायतका नगरपालिका र गाउँपालिकामा डेंगुबारे सचेतना सहितको विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

प्रतिक्रिया