सेञ्चुरी बैंक आरटिजिएस प्रणालीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटिजिएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटिजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फस्र्योट गर्न सक्नेछ ।

सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरे ।

प्रतिक्रिया