‘लोकसेवा आयोग विधेयक २०७५’ प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया