मुक्तिनाथ बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका २ का वडाअध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त हस्तरण गरे ।

सो अवसरमा एक लाख ४३ हजार ७ सय चौरासी रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया