एनआरएनए कोरियाको अध्यक्षमा गुरुङलाई जनसम्पर्क समितीको समर्थन

दक्षिण कोरिया । नेपाली काङ्ग्रेसका भातृ संगठन जनसम्पर्क समिती दक्षिण कोरियाले आउदो सेप्टेम्बर २१ र २२ तारीखमा हुन गइरहेको एनआरएनए कोरियाको सातौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रुपमा बिपिन गुरुङलाई समर्थन गर्ने जनाएको छ ।

आसन्न एनआरएनए अधिबेशनका लागि जनसम्पर्क समितिले मातहतबाट अध्यक्षको सर्वसहमत उम्मेदवार लगायत प्यानलका उम्मेदवारहरु समेत कसरी तय गर्दा विजयी बनाउन सकिन्छ, भन्ने विषयमा गहन छलफल भएको जनसम्पर्क समितीले जानकारी गराएका छन् ।

यसै विषयमा केन्द्रित रहेर जनसम्पर्क समितिको आह्वानमा जनसम्पर्क समिति कोरियाका सभापति, महामन्त्री, पुर्व सभापतिहरु, महासमिति सदस्य, एनआरएनए अध्यक्ष र एनआरएनए संस्थापक लगायत अग्रज बुद्धिजिबि तथा सल्लाहकारहरुको पटक(पटकको छलफल पश्चात् आउदो सेप्टेम्बर २१ र २२ तारीखमा हुन गइरहेको एनआरएनए कोरियाको सातौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रुपमा बिपिन गुरुङलाई साथ र सहयोग गर्ने कुरा जनसम्पर्क समितीले बताए ।

विगतमा पनि जनसम्पर्क समितीको समर्थन पाएका उम्मेदवारहरुले सजिलै विजयी हासिल गर्ने गरेकाले एनआरएनए कोरियाका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्षको चुनाव जित्न सहज हुने भएको छ ।

प्रतिक्रिया