प्रधानमन्त्री ओली पत्नीसहित सिंगापुर प्रस्थान

काठमाडौँ । आफ्नो स्वास्थ्य उपचार गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यलाई लिएर आज फेरि सिंगापुर गएका छन् । प्रधानमन्त्री ओली आज साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुर प्रस्थान गरेका हुन् ।

उनको विदाई लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु गएका थिए ।

प्रतिक्रिया