रवि लामिछालाई अझै पाँच दिन थुनामा राख्न म्याद थप

काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिरासतमा परेका न्युज २४ टेलिभिजन सिधाकुरा जनतासँगका संचालक एवं पत्रकार रबि लामिछानेसहित युवराज कंडेल र ओखलढुंगाकी नर्स अस्मिता कार्कीलाई जिल्ला अदालात चितवनले अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

उनिहरुलाई जिल्ला अदालत चितवनले आज फेरी पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उनीहरु तीनै जनालाई गत साउन ३१ गते पनि पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया