ह्योल्मो चलचित्र ‘मेतोक’ को ट्रेलर

काठमाडौं । पहिलोपटक ह्योल्मो भाषामा बनेको चलचित्र ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यक समुदायको सूचीमा रहेको ह्योल्मो समुदायको संस्कृति तथा भाषामाथि केन्द्रित रहेर बनाइएको उक्त चलचित्रको ट्रेलरमा मुख्य कलाकारलाई देखाएको छ ।

थिलेन लामाको निर्देशनमा बनेको उक्त चलचित्रको छायांकनको सम्पूर्ण काम सकिएको जनाइएको छ । थिलेन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘मेतोक’ यसै वर्ष रिलिज गर्ने तयारी गरिरहेको निर्माण पक्षले जनाएको छ । निर्देशक थिलेनको कथा र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्रको लागत ६० लाख रहेको छ ।

चलचित्रमा थिलेन लामा, ओमु निमा डोल्मा लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, दावा दोर्जे लामा, भीम ज्याबा, कान्छीमाया ह्योल्मोलगायतका कलाकारको अभिनय छ । दावा डि ह्योल्मोको संगीत भरेको यस चलचित्रको सम्पादन सन्देश शाहले गरिरहेका छन् । चलचित्रको छायांकन रामकुमार केसीले गरेका हुन् ।

प्रतिक्रिया