शिल्पाले लत्याइन् १० करोड

एजेन्सी, मुम्बई । चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीले १० करोड भारूको एउटा विज्ञापन प्रस्ताव लत्याएकी छन् । उनलाई उक्त रकम अफर गर्दै एक आयुर्वेदिक कम्पनीले प्रस्ताव ल्याएको थियो । आयुर्वेदिक स्लिमिङ पिलको विज्ञापनका लागि उनलाई १० करोड भारूको पारिश्रमिक प्रस्ताव गरिए पनि त्यसलाई शिल्पाले ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भनिन्, ‘म केही त्यस्तो बेच्न चाहन्न जसमाथि मलाई विश्वास छैन । स्लिम पिल र फेड डाइट आकर्षक हुन्छन् । किनकी, तिनले तुरून्त असर गर्ने दाबी गर्छन् । तर, एउटा निश्चित दैनिकमा रहेर स्वस्थ्य खानेकुरा खाँदा जति गर्व महसुस हुन्छ, त्यसको मुकाबिला अरूले गर्ने सक्दैन ।’

आफ्नो फिटनेसप्रति सचेत रहने शिल्पा बेलाबेलामा चर्चामा आइरहन्छिन् । उनी खानपानमा समेत निकै ध्यान दिन्छिन् । त्यस्तै, उनी आफ्नो मात्र होइन, प्रशंसकको स्वास्थ्यलाई समेत लिएर उत्तिकै सचेत हुन्छिन् । जसका कारण शिल्पा उनीहरूका लागि हानिकारक विषयको प्रचार प्रसार गर्न रुचि राख्दिनन् ।

प्रतिक्रिया