साहित्यकार मदनमणी दीक्षितको निधन

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सन्ताका रूपमा गैरीधारा, काठमाडौंमा जन्मिएका थिए । उनको साहित्यिक विकासमा ठूलो योगदान रहेको छ ।

उनको पहिलो रचनाका रूपमा वि।सं। २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्‍यो’ शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे ।

बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् ।

उनका प्रकाशित केही कृति
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)

उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् ।

प्रतिक्रिया