कर्पोरेट कप इन्डोर क्रिकेट हुने

काठमाडौं । नेपालकै ठूलो इपिएल फ्रेन्चाइज टोली काठमाडौं किंग्स एलेभेनले दोस्रो संस्करणको काठमाडांै किंग्स एलेभेन कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।  देशमा इन्डोर क्रिकेटको विकास, प्रवर्धन गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लगिएको हो । कुल १५ टोली सहभागी रहेको प्रतियोगितामा विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसञ्चार कम्पनी जस्ता कर्पोरेट हाउसले सहभागिता जनाउने छन् । यस प्रतियोगिताले काठमाडौं किंग्स एलेभेनलाई ठूलो नाम र पहिचान दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

भदौ २ गतेबाट सुरु भएर भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरू गोल्फुटारस्थित रोयल केसिटिसी इन्डोर क्रिकेटमा सञ्चालन हुनेछन् । १० ओभरको रहने प्रतियोगिताको हरेक टोलीमा ८ खेलाडी समावेश रहने छन् । लिगकम नकआउट फम्र्याटको प्रतियोगितामा सहभागी १५ टोलीलाई ए, बी, सी र डी गरि ४ समूहमा विभाजन गरिएको छ । पहिलो चरणका खेलबाट हरेक समूहका शीर्ष २ टोली क्वार्टरफाइनलमाप्रवेश गर्नेछन् ।

क्वार्टर फाइनलपश्चात सबै खेल नकआउट फम्र्याटमा खेलाइनेछ । कार्यक्रममा काठमाडौं किंग्स एलेभेनले टोलीका डाइरेक्टर अफ क्रिकेटसमेत रहेका राष्ट्रिय टोलीका पूर्वकप्तान, राष्ट्रिय महिला तथा यु–१९ टोलीका प्रशिक्षक विनोद दासलाई सम्मानसमेत गरेको छ । काठमाडौं किंग्स एलेभेनमा रहेर पु¥याएको योगदानको कदर स्वरूप टोलीले दासलाई सम्मान गरेको हो ।

प्रतिक्रिया