एनएमबी र ओम बैंक आपसमा गाभिने

 

काठमाडौं । एनएमबी बैंक लिमिटेडको विशेष साधारण सभाले एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । वित्तीय क्षेत्रको स्थायित्वको लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरूको हितको संरक्षण गर्ने उद्देश्यले एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड गाभ्ने प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित भएको बताइएको ।

एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरूले ओम डेभलपमेन्ट बैंकको प्रत्येक सय कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया