राजेश र सिर्जुले ल्याए ‘आधुनिक जमाना’

काठमाडौँ । गायक एवं सञ्चारकर्मी राजेश बर्देवा र गायिका तथा माेडेल सिर्जु अधिकारीको युगल आवाजमा ‘आयो नया जमाना’ तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

शर्मिला तामाङ र रबिन लामिछानेको संयुक्त शब्द रचना रहेको गीत गायक बर्देवाले नै संगीत भरेका छन् । अलाप स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा गायिका अधिकारी र मोडल निर्मल छेत्रीलगायत अन्य कलाकारहरूले अभिनय गरेका छन् । गायक बर्देवाको आफ्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

देशको फेरिँदो भौगोलिक परिवेशसँगै नजिकिदै गरेको तिजलाई लक्षित गरि मौलिक गीत बजारमा ल्याएको गायक बर्देवाले जिकिर गरे ।

प्रतिक्रिया