नेक इन्जिनियम २०१९ सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणमा एकदिने नेक इन्जिनियम २०१९ सम्पन्न भएको छ । इट इज टाइम टु सो ह्वाट वी क्यान भन्ने नाराका साथ नेक प्रोजेक्ट इक्जिविशनको रुपमा प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले आआफनो स्टलमा आफूले गरेका कामहरुको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा दुई सय भन्दा वढी स्टलहरु रहेका थिए ।

त्यसमा चार सय भन्दा वढी विद्यार्थीको संलग्ना रहेको थियो । प्रदर्शनीको उदघाटन चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र एवं कलेजका संस्थापक अध्यक्ष दीपक भटराईले संयुक्त रुपमा गरेका थिए । उदघाटन कार्यक्रममा मेयर मिश्रले प्रदर्शनीबाट विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

कलेजमा लाष्ट सेमेष्टरमा अध्ययनरत विद्यार्थीले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताए । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाए ।

एक्जिविशनको क्रममा आन्तरिक तथा बाहय विभिन्न प्रतियोगिताहरु भएको थियो । प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । विजयीहरुलाई नगदका साथै शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया