चिनुको ‘कम्मरै भाँच्नी भा’….

काठमाडौँ । लोकदोहोरी गायिका चिनु घर्ती मगर र जगत घर्ती मगरको संयुक्त आवाजमा तिज गीत ‘कम्मरै भाँच्नी भा’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका घर्तीकै शब्द तथा संगीत रहेको छ भने अर्जुन थापा मगरको संगीत संयोजन रहेको छ ।

त्यस्तै ग्रुप आवाजमा गायक कृष्ण काफ्ले, कृष्ण लामिछाने, निरा छन्त्याल र सुनिता मगर लगायत कलाकारहरुले साथ दिएका छन् । सोही गीतको भिडियोमा अर्जुन थापाकै निर्देशन छ भने मरुभुमी नारायणले क्यामेरामा कैद गरेका छन् । रोशन धितालले भिडियोको सम्पादन गरेका हुन् ।

त्यसैगरी मोडल पिएन सापकोटा, निर्मल छेत्री, स्मृती मगर र रुनमाया बलामीको उक्त भिडियोमा अभिनय रहेको छ । सोही भिडियो गायिका चिनुकै युट्युब च्यानलबाट बजारमा आएको हो । पछिल्लो समय लोक संस्कृतिको गती र त्यसको संरक्षण गर्नका लागि मौलिक शब्द प्रस्तुत गरि नजिकिएको तिजलाई लक्षित गरेर गीत बजारमा ल्याएको उनले जानकारी दिइन् ।

गायिका घर्ती नेपालमा हुने विभिन्न लोकदोहोरी प्रतियोगितामा भाग लिँदै आफ्ना उत्कृष्ट गायनले प्रथमसमेत हुँदै उच्च पुरस्कार जित्दै आएकी छन् । हरेक कलाकारहरुका आ-आफ्नै युट्युब च्यानल पछिल्लो पटक व्यापक हुन थालेपछि आफुले पनि भर्खर नया च्यानल सुरुवात गरि गीत त्यहिँबाट प्रकाशन गरेकोसमेत उनले बताइन् । सम्पूर्ण आफ्ना दर्शक स्रोतालाई नया युट्युब च्यानल सब्स्क्राइब गर्नलाई पनि उनले आग्रह गरेकी छन् ।

प्रतिक्रिया