तीन जनाको एकै आवाजमा ‘कहाँ उड्यो पुतली’

काठमाडौँ । हिन्दु महिलाहरुका लागि बिशेष लाग्ने तिज नजिकिएसँगै कलाकारहरुका गीत बजारमा आउने होडबाजी चलेको छ । धेरै कलाकारहरुले फरक फरक शैलीमा विभिन्न किसिमका तिज गीत सार्वजनिक गरेका छन् ।

यसैक्रममा प्रत्यक बर्षको तिजमा नछुटाई आफ्ना कोसेली स्वरुप पस्की रहने लोकदोहोरी गायिका अमृता लुङ्गेलि मगर, सुमित्रा कोईराला र सुजाता केसी तीन जना कलाकारको संयुक्त एकै आवाजमा रहेको ‘कहाँ उड्यो पुतली’ सार्वजनिक भएको छ ।

गायिका सुमित्राकै शब्द सृजना तथा संगीत रहेको गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो । कृष्ण बिक (भान्जा) को एरेन्ज छ । निर्देशक प्रकाश भट्टको निर्देशनमा रहेको सोही गीतको भिडियोलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् ।

त्यस्तै मोडेल रिना थापा मगरले उक्त भिडियोमा अभिनय गरेकी छन् । बिष्णु शर्माले भिडियोलाई सम्पादन गरेका हुन् । सोही भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । समय साक्षेपको परिवेश अनुसार मौलिकतामा आधारित शब्दमा गीत बजारमा ल्याएको गायिका अमृताले बताइन् ।

प्रतिक्रिया