नेपाल भ्रमण गर्न शिक्षा मन्त्रीको आव्हान

न्युयोर्क । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन । नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका छन ।

युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो बिकास लक्ष्य – ४ सम्बन्धि ‘हाई लेभल पोल्टिकल फोरममा’ भाग लिन न्युयोर्क रहनुभएका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२०२ लाई सफल बनाउन आयोजित नेपाल को पर्यटन कला र सस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गरेका छन । मन्त्री पोखरेलले बुद्धको जन्मभुमी, बिश्वको अग्लो समगरमाथा भएको देश नेपालको बिश्वमा छुट्टै पहिचान भएको बताए ।

उनले नेपालको बिबिध कला सस्कृतीको बिषयमा प्रकाश पारे । नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताउदै मन्त्री पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी दिए । नेपालको स्कुल पाठ्यक्रममा असल मानवीय मुल्यहरु समेटिएको प्रष्ट पार्दै मन्त्री पोखरेलले नेपालिहरु अतिथी सत्कारको लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताए ।

विश्व समुदायको ध्यान नेपाल तिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखि नेपालीको नाराका साथ अघि बढिरहेको बताउदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । पर्यटन प्रवर्द्धन र विकासको लागि नेपाल सरकारले प्राथमिकता मा राखेको उनले बताए । नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न सम्पुर्णमा आग्रह गरे ।

प्रतिक्रिया