काठमाडौँ । पछिल्लो समय चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल श्रीमान् श्रीमतीबीच डिभोर्सबाट टाढिने विषयका समाचार बाहिरिदा धेरै चर्चा चलिरहेको छ । यसैबीचमा उनै नायिका शिल्पाले अभिनय गरेको ‘उनकै कुरा हुन्छ’ नामक आधुनिक गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
शिल्पलाई अभिनयमा साथ भने अमृत सुनार (अभी) ले साथ दिएका छन् । गीतकार राजकुमार बगरको शब्द संगीत रहेको उक्त गीतमा सुरेन चन्दको एकल आवाज रहेको छ भने महाराज थापाको संगीत संयोजन छ ।
त्यस्तै गीतको भिडियोमा संगीत सागरको निर्देशन रहेको छ भने रोहित कार्कीको छायांकन तथा पदम सुवेदीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । माया प्रेमका प्रसङ्गलाई गीतमार्फत उतारिएको गीतकार राजकुमार बगरले जानकारी दिए ।
प्रतिक्रिया