बैतडी । जिल्लाको दशरथचन्द नगरपालिकामा रहेका विभिन्न आमा समूहहरूलाई आकस्मिक कोषका लागि प्रोत्साहन सहयोग हस्तान्तरण गरिएको छ । संघीय सरकारको विशेष अनुदान तथा दशरथचन्द नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा सचेतना समाज बैतडीले नगरपालिका विभिन्न आमा समूहहरूलाई १० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ ।
नगरपालिकाभित्र रहेका १ सय २८ आमा समूह मध्ये विभिन्न सूचकांकको आधारमा २५ आमा समूह छनोट गरी सहयोग रकम हस्तान्तरण गरेको हो । नगरपालिकाभित्रका विभिन्न आमा समूहमा आबद्ध आमाहरूलाई गर्भावस्थामा आइपर्ने समस्या सामाधानका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो ।
गर्भावस्थामा रहेका महिलाहरूको लागि अहिले दशरथचन्द नगरपालिकाकाले पोषण प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको नगर उपप्रमुख मीना चन्दले बताइन् । सुत्केरी हुँदा आर्थिक अभावका कारणले धेरै आमाहरूले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । सुत्केरी अवस्थामा आइपर्ने समस्या सामाधानका लागि आकस्मिक कोषबाट पैसा खर्च गर्न सकुन् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । नगरपालिकाले आमा र बच्चाको पोषण प्रवद्र्धनका लागि छुट्टै कार्यक्रम बनाएर अघि बढेको पनि जनाएको छ ।
उता रकम बुझ्न आएका आमाहरूले भने बच्चा र आमाको पोषणका लागि आपूmहरूले विभिन्न फलपूmलका बोट र तरकारी लगाएको बताए । फलेको तरकारी र फलपूmल बाँदरले खाएर सखाप पार्ने हुँदा बाँदर आतंक रोक्न नगरपालिकालाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया