खोजखबर

बाढी पिडित उद्धारका लागि सुरक्षाकर्मी परिचालन

सौर्य अनलाइन २०७६ असार २७ गते १९:१० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

आज ट्वीट गर्दै उनले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराका हुन् । उनले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको बताए ।

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी छ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४०० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिए । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, संघ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय