चर्चा बटुल्दै कार्कीको ‘कोइली चरी’

काठमाडौँ । गायक रामकुमार कार्कीको लोकदोहोरी गीत ‘कोइली चरी’ ले चर्चा बटुल्दै गरेको छ । करिब १२ वर्ष अघिदेखि लोक दोहोरी क्षेत्रमा सक्रिय रहँदै आएका गायक कार्कीको पछिल्लो समय बजारमा आएको उक्त गीतमा गायिका कमला खड्काले उनलाई आवाजमा साथ दिएकी छन् ।

नवराज दाहालको शब्द सृजना साथै संगीत रहेको गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो गायक कार्कीको आफ्नै युट्युब च्यानलमार्फत केहि दिन अघि सार्वजनिक गरिएको हो ।

बिक्रम चौहानले निर्देशन गरेको सोही भिडियो प्रकाश खड्काले क्यामेरामा कैद गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । त्यस्तै मोडेल अञ्जली अधिकारी र रामचन्द्र बोहोराको उक्त भिडियोमा अभिनय छ । डान्सिङ विटमा रहेको उक्त गीत समय अनुकुलतालाई मध्यनजर गरेर मौलिक ढंगले बजारमा ल्याएको गायक कार्कीले जिकिर गरे ।

प्रतिक्रिया