पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट । कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार रातीदेखिको भारी वर्षापछि बिहान १० बजेतिर आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । यद्यपि अहिले पनि हल्का वर्षा भइरहेका कारणले केही समस्या आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली राजमार्ग अवरुद्ध हँुदा यात्रुहरूले बाटोमा नै सास्ती भोग्नुपरेको छ । तर, स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूको ध्यान जान सकेको भने छैन । यता स्थानियवासी, यात्रुहरूलाई ठूलै समस्या रहेको छ ।

प्रतिक्रिया