डोल्माको ‘मकै हरियो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायिका डोल्मा लामिछाने मगरको तिज गीत ‘मकै हरियो’ को भिडियो सार्वजनिक गरिएको छ । दुर्गाबहादुर बिकको शब्द तथा वसन्तराज बिकको संगीत रहेको उक्त गीतमा गायिका लामिछाने र वसन्तराजकै संयुक्त आवाज रहेको छ । त्यस्तै केशव बडुले संगीत संयोजन गरेको उक्त गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक प्रकाश भट्टद्वारा निर्देशन गरिएको उक्त भिडियोलाइ राजेश घिमिरेले छायांकन्न गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । सोही भिडियोमा गायक तथा मोडल पिएन सापकोटा र गायिका डोल्मा लामिछानेकै अभिनय रहेको छ । उक्त भिडियोलाई गायिका सम्झना लामिछाने मगरको युट्युब च्यानल सम्झना डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

बर्षायामको समय र देशका विभिन्न स्थानमा हरिया मकैले भरिभराउ भएको समय पारेर नजिकिदै गरेको हिन्दु नारीहरुले पुर्खादेखि मनाउदै आएको तीजलाई मध्यनजर गरेर बजारमा ल्याएको गायिका डोल्माले जानकारी दिइन् । माया प्रेमका बिषयमा आधारित मौलिक शब्दलाई तिजकै भाकामा समावेश गरिएको उनले बताइन् ।

प्रतिक्रिया