सँगै काम गर्दै पूजा र पल

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अुबन्धित भएका छन् ।

दुई वर्षअघि नै नर्माण घोषणा उक्त चलचित्रमा त्यहीवेला नै पूजा र पल मूख्य भूमिकामा खेल्ने पक्का गरिएको थियो । यसबीचमा निर्देशक थापाले ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ को निर्देशन गरे । त्यसपश्चात् अहिले उनले ‘म यस्तो गाउँछु २’ बनाउने तयारीमा जुटेका छन् । गोरखा मनकामना मन्दिरमा पुगेर यो चलचित्रको शुभमूहुर्त गरिएको छ । शुभमूहुर्त कार्यक्रममा पल र पूजा हेलिकोप्टर चढेर मनकामना मन्दिर पुगेका थिए ।

यसअघि निर्माण गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पल जोडीकै रूपमा काम गरेका थिए । दर्शकले रुचाएपछि उक्त चलचित्रको सिक्वेलका रूपमा यो चलचित्र बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्र भदौबाट छायांकनमा जाने र २३ फागुनदेखि देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया