‘लोकगीत संरक्षणमा सबै लाग्नुपर्छ’

दैलेख । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दैलेखको अधिवेशनको उद्घाटन गर्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले गाउँमा लुकेर रहेका प्रतिभा जिल्लामा बसेर उजार गर्न नसकिने बताए । अधिवेशनको अवसरमा भएको कार्यक्रममा नगरप्रमुख खड्काले लोकगीत संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

जिल्लामा महोसत्व लगाएर बाहिरबाट कलाकारल्याई आपूm कंगाल हुने काम गरेर दैलेख जिल्लाको लोक संरक्षण नहुने उनको भनाइ छ । प्रतिष्ठानका कर्णली प्रदेशका सहअध्यक्ष अभिषेक अनुरागले दैलेखमा हुने धेरै प्रकारका कार्यक्रममा बाहिरबाट बाद्यवादनको टिम ल्याउनुपर्ने बाध्यता रहेको दुःख व्यक्त गरे ।

हामीले लोक सस्कृतिले भरिएकोे जिल्लामा मादल, गितार, सारंगी लगायतका लोक बाजालाई संरक्षण गरी दैलेखमा नै वाद्यवादक टिम बनाउन किन नसक्ने ? उनले प्रश्नसमेत गरे । कार्यक्रमा सहभागी सबैको भनाइ स्थानीय संस्कृति जोगाउनुरहेको थियो ।

मंगलबार सम्पन्न प्रतिष्ठानको दोस्रो जिल्ला अभिवेशनबाट खगेन्द्र सुनार अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । यस्तै प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा हरि थापा, प्रथम उपाध्यक्षमा भावना केसी, सचिवमा गोविन्ददेव भारती, कोषाध्यक्षमा रेखा थापा, सहसचिवमा यामराज विष्ट चयन भएका छन् । यस्तै सदस्यहरूमा मनकुमारी सुनार, ललित सुनार, कृष्ण दैलेखी, तुलाराम अधिकारी, नरेन्द्र सिजापती, हेमराज अधिकारी, विशाल सोनी चयन भएका छन् ।

दोस्रो अधिवेशनको अवसरमा प्रतिष्ठानलाई योग्दान पु¥याउने कलाकर्मीलगायत अन्य ब्यक्तिलाई सम्मानसमेत गरिएको छ ।

प्रतिक्रिया