प्रतिनिधिसभामा कांग्रेस र राजपाको नाराबाजी, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकमा प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि उनिहरुले नाराबाजी गरेर बैठक अवरुद्ध गरेका हुन् । अवरुद्ध भएपछि अर्को बैठक असार ३० गते बस्ने गरी बैठक स्थगित भएको छ ।

बैठक सुरु हुने बित्तीकै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिएका थिएनन् । उनले माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो भन्दै बोल्न समय दिएनन् । कांग्रेस र राजपा सांसद उठिराखेपछि पनि उनले बैठकलाई अघि बढाए ।

त्यसपछि कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । नाराबाजी भइरहेकै बेला सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिएर अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिक्रिया