काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी सम्झौता भएको छ । मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३ हजार युवा उद्यमीहरुको सहभागीता रहने छ ।
प्रतिक्रिया