स्वस्तिमाले जितिन् अवार्ड

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको सार्क फिल्म फेस्टिभलमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छन् ।

उक्त फेस्टिभलमा नेपालले दुई अवार्ड जित्दा स्वस्तिमाले अभिनयतर्फको ‘स्पेसल जुरी अवार्ड–पर्फमेन्स’ हात पार्न सफल भएकी हुन् । उनी टेम्पो चालकको कथामा आधारित चलचित्र ‘बुलबुल’ बाट मनोनयनमा परेकी थिइन् । फेस्टिभलमा उनको अभिनय उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै, लघु चलचित्र ‘टाटिनी’ ले विशेष मान्यता पुरस्कार प्राप्त गरेको छ । यो वर्ष नेपाल चलचित्र विकास बोर्डले उक्त फेस्टिभलमा नेपाली कथानक चलचित्र ‘प्रसाद’ र ‘बुलबुल’ लाई प्रतिस्पर्धाका लागि पठाएको थियो ।

प्रतिक्रिया